काठमाडौंको सुन्दरीजल धुम्न गएका एक युवा बेपत्ता
काठमाडाैं, साउन ७ : सुन्दरीजल धुम्न गएका एक युवक खाेलामा खसेर बेपत्ता भएका छन। बुढानीलकण्ठ नगरपालिकास्थित कपन बस्दै आएका १६ वर्षीय शुभम श्री...
काठमाडाैं, साउन ७ : सुन्दरीजल धुम्न गएका एक युवक खाेलामा खसेर बेपत्ता भएका छन। बुढानीलकण्ठ नगरपालिकास्थित कपन बस्दै आएका १६ वर्षीय शुभम श्री प्रधान खाेलामा खसेर बेपत्ता भएका हुन।
शनिबार बिहान शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने सुन्दरीजलमा घुम्न गएको ७ जनाको टोलीमा एक जना बेपत्ता भएकाे प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।
बेपत्ताकाे नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले खोजी गरिरहेकाे छ।
प्रकाशित मिति: १८:५६ बजे, शनिबार, साउन ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











