उपभोक्ताको अहित हुन नदिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्छ : नेता सिंह
काठमाडौं, साउन ७ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आम उपभोक्ताको अहित हुने खालका कुनै पनि गतिविधि हुन नदिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा...
काठमाडौं, साउन ७ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आम उपभोक्ताको अहित हुने खालका कुनै पनि गतिविधि हुन नदिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिएका छन्।
नेपाल उपभोक्ता संरक्षण महासंघले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिंहले संविधानमा उपभोक्ताको अधिकारबारे मौलिक हकमै व्यवस्था गरेकाले उनीहरुको अहित हुन नदिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिएका हुन्।
संविधानले व्यवस्था गरेको आम उपभोक्ताको अधिकारबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो। ‘संविधानको भावना र मर्म अनुसार आम उपभोक्ताहरूलाई संरक्षण दिनुपर्ने अधिकारहरू केके छन्भ न्ने कुरा पहिले जानकारी राख्नुपर्दो रहेछ,’ उनले भने, ‘महासंघको माध्यमबाट उपभोक्ताहरूलाई आफ्नो अधिकारबारे जानकारी गराउनुपछ।’
उनले अगाडि भने, ‘रेस्टुरेन्ट, सपिङ मललगायत अन्य सार्वजनिक ठाउँमा उपभोक्ताको अहित हुने काम हुन नदिन उपभोक्ता अधिकारसँग सम्बन्धित संस्थासंस्थाले ध्यान दिनुपर्छ।’ नेता सिंहले उपभोक्ताहरूलाई ठगिन नदिन सूचना प्रवाहको व्यवस्था मिलाउनुपर्नेमा पनि नेता सिंहले जोड दिए।











