गभर्नरको राजीनामा माग्दै विद्यार्थीहरुले सांसदहरुलाई पठाए एसएमएस
काठमाडाैं, साउन ७ : राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सत्ता निकट विद्यार्थीहरुले सांसदहरुलाई एसएमएस पठाएका छन्।शनिबार काठमाडौंमा प्रदर्शनमार्गस्थीत आरआर क्याम्पसमा भेला भएका...
काठमाडाैं, साउन ७ : राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सत्ता निकट विद्यार्थीहरुले सांसदहरुलाई एसएमएस पठाएका छन्।
शनिबार काठमाडौंमा प्रदर्शनमार्गस्थीत आरआर क्याम्पसमा भेला भएका नेविसंघ, अखिल क्रान्तिकारी, समाजवादी निकट अनेरास्ववियुका बिद्यार्थीहरुले गभर्नरलाई पदमुक्त गर्नुपर्ने माग राख्दै सांसदहरु र राज्यका विभिन्न निकायमा रहेका व्यक्तिहरुलाई एसएमएस गरेका हुन्।
उनीहरुले राजनैतिक दलको सदस्य वा पदाधिकारी गभर्नर हुन नसक्ने भन्दै तत्काल बर्खास्त गर्नुपर्ने जनाएका छन्। आफूहरुको मागका बीच पनि गभर्नरलाई पदमुक्त नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
प्रकाशित मिति: १७:१३ बजे, शनिबार, साउन ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











