Kathmandu Press

अब नेपाल सद्भावना पार्टीमा सक्रिय हुनेछु : गिरि

काठमाडाैं, साउन ७ : पूर्वमन्त्री एवं निवर्तमान सांसद सरिता गिरीले नेपाल सद्भावना पार्टीमा सक्रिय हुने बताएकी छन्।शनिबार काठमाडौंमा पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले पार्टीमा...
अब नेपाल सद्भावना पार्टीमा सक्रिय हुनेछु : गिरि

काठमाडाैं, साउन ७ : पूर्वमन्त्री एवं निवर्तमान सांसद सरिता गिरीले नेपाल सद्भावना पार्टीमा सक्रिय हुने बताएकी छन्।

शनिबार काठमाडौंमा पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले पार्टीमा स्वागत गरेपछि गिरीले आफू पूरानो घरमा फर्किएको भन्दै खुसी व्यक्त गरिन्।

गिरीले आफूले कहिल्यैपनि नेपाल सद्भावना पार्टी परित्याग नगरेको दाबी गरे। गिरीले मधेस, नेपाल र संघीयता भन्ने चीज रहेसम्म नेपाल सद्भावना पार्टीको अस्तित्व कायम रहने दाबी गरिन्।

उनले ढिलै भए पनि नागरिकता विधेयक आएको भन्दै अहिले पनि नागरिकताको नाममा महिलामाथि विभेद कायमै राखिएकोमा भने गुनासो गरिन्। 

त्यस्तै उनले आफूहरुकै नेतृत्वमा समतामूलक समाज बन्ने दाबी पनि गरिन्।

प्रकाशित मिति: १७:०० बजे, शनिबार, साउन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्