Kathmandu Press

'मौद्रिक नीतिले सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न मद्दत पुग्दैन'

काठमाडाैं, साउन ७ : नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले मौद्रिक नीतिले सरकारले लिएको आर्थिक वृद्धिद्धरको लक्ष्य हासिल गर्न मद्दत नपुगेको...
'मौद्रिक नीतिले सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न मद्दत पुग्दैन'

काठमाडाैं, साउन ७ : नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले मौद्रिक नीतिले सरकारले लिएको आर्थिक वृद्धिद्धरको लक्ष्य हासिल गर्न मद्दत नपुगेको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिले मौद्रिक नीति संकुचित भएर आएको पनि बताए।

निजी क्षेत्रले जहिले पनि लचिलो मौद्रिक नीतिको अपेक्षा गरेको उनको भनाइ छ। उनले मौद्रिक नीतिले निजी क्षेत्रलाई दिइने सहुलियत स्पष्ट नभएको धारणा राखे।

अर्थविद् डा. डिल्लीराज खनालले मौद्रिक नीतिलाई अझै कसिलो बनाउनुपर्ने बताए। मौद्रिक नीति बढि माग पक्षबाट निर्देशित रहेको भन्दै उनले अहिलेको पोलिसी आर्थिक स्थायित्व र ब्यालेन्स अफ पेमेन्टमा राष्ट्र बैंकको नीति असफल देखिएको तर्क गरे।

त्यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलले मौद्रिक नीतिले आयात प्रतिस्थापन गर्न उल्लेखनीय कुरा नगरेको टिप्पणी गरे। अहिलेको आर्थिक अवस्थाको सुधारको लागि फजुल खर्च कम गर्नुपर्नेमा उनले जोड दिए।

त्यस्तै उनले नेपालमा लगानी गर्न नीतिगत अप्ठ्यारो रहेको भन्दै त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए। 

प्रकाशित मिति: १६:५१ बजे, शनिबार, साउन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्