देशभर थप ३३५ जनामा कोरोना संक्रमण पुष्टि
हाल नेपालमा २ हजार ९ सय ७१ सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएको छ।
काठमाडाैं, साउन ७ : नेपालमा थप ३ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ८८ पिसिआर परिक्षणका क्रममा २ सय १६ जना र १ हजार ९ सय ८ एन्टीजेन परिक्षणका क्रममा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन।
त्यस्तै थप ८६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ३ सय ९४ जना निको भएका छन्।
हाल नेपालमा २ हजार ९ सय ७१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:३९ बजे, शनिबार, साउन ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











