Kathmandu Press

राससका प्रधानसम्पादक पाठकलाई ‘ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार’

राससका प्रधानसम्पादक पाठकलाई ‘ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार’

काठमाडाैं, साउन ७ : नागरिक सञ्चार प्रालिद्वारा स्थापित ‘ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार–२०७९’ बाट राष्ट्रिय समाचार समिति ९रासस०का प्रधानसम्पादक एकराज पाठक सम्मानित भएका छन्।

शनिबार काठमाडौंमा आयोजित ‘नयाँ विश्व’ अनलाइन पत्रिकाको पाँचौं वार्षिकोत्सव समारोहमा वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले उनलाई पुरस्कार समर्पण गरेका हुन्। पुरस्कारको राशि रु. १० हजार छ। 

२००८ सालमा प्रकाशित बागलुङको पहिलो हस्तलिखित पत्रिका ‘सही बाटो’का सम्पादकरप्रकाशक ओमकार गौचनको नाममा स्थापित सो पुरस्कार पहिलोपटक राससकर्मी पाठकलाई प्रदान गरिएको प्रालिका सचिव मुकेशचन्द्र राजभण्डारीले जानकारी दिए।

दुई वर्षअघि दिवंगत भएका गौचन पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत हुन्। २०४८ सालको संसदीय निर्वाचनमा गौचन नेपाली कांग्रेसका तर्फबाट बागलुङ–३ को सांसदमा निर्वाचित भएको थिए। समाजसेवामा पनि उत्तिकै क्रियाशील उनले लुम्बिनी विकास कोषको उपाध्यक्षसमेत भएर काम गरेका थिए। 

'पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरुप वरिष्ठ पत्रकार पाठकलाई सम्मानित गरिएको हो,' ‘नयाँ विश्व’का सम्पादकसमेत रहनुभएका राजभण्डारीले भने। 

२०३१ सालमा बागलुङमा जन्मेका पाठक विगत २५ वर्षदेखि पत्रकारितामा क्रियाशील छन्। आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर उनीसँग सोही विषय अध्यापनको अनुभवसमेत छ । पाठकका पत्रकारिता विषयका पुस्तक तथा प्राज्ञिक लेखरचना प्रकाशित छन्।

२०५६ सालमा समाचारदाताका रुपमा राससमा सेवा आरम्भ गर्नुभएका पाठक हाल प्रधानसम्पादकको जिम्मेवारीमा छन्।

सोही समारोहमा चिकित्सक सागरकुमार राजभण्डारीलाई ‘नयाँ विश्व सम्मान–२०७९’ प्रदान गरिएको थियो।

२०१९ सालमा बागलुङमा जन्मनुभएका राजभण्डारी सरकारी सेवाबाट निवृत्त भई हाल भक्तपुरको सूर्यविनायक नगर अस्पतालमा कार्यकारी निर्देशकका रुपमा कार्यरत छन्।

उनले कोभिड–१९ को महाव्याधिका बेला पहिलोपटक सङ्क्रमितको उपचार सेवा सुरु गर्ने टेकु अस्पतालको कार्यकारी निर्देशक भएरसमेत काम गरेका थिए। नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाउने पहिलो व्यक्ति पनि राजभण्डारी नै हुन्।

त्यसअघि उनले बागलुङस्थित धवलागिरि अस्पताल, पर्वत जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्थामा प्रमुख चिकित्सकका रुपमा रही नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

प्रकाशित मिति: १६:२७ बजे, शनिबार, साउन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्