Kathmandu Press

विवेकशील साझाका कर्णाली पूर्वसंयोजक दाहाल एमालेमा

सुर्खेत, साउन ७ : विवेकशील साझा पार्टी कर्णाली प्रदेश पूर्वसंयोजक गेहेन्द्रप्रसाद दाहाल एमालेमा प्रवेश गरेका छन्।विवेकशील साझाका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले ‘विचारभन्दा माथि...
विवेकशील साझाका कर्णाली पूर्वसंयोजक दाहाल एमालेमा

सुर्खेत, साउन ७ : विवेकशील साझा पार्टी कर्णाली प्रदेश पूर्वसंयोजक गेहेन्द्रप्रसाद दाहाल एमालेमा प्रवेश गरेका छन्।

विवेकशील साझाका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले ‘विचारभन्दा माथि देश’ नामक राजनीतिक प्रतिवेदन ल्याएपछि त्यसको विपक्षमा उभिएका दाहाल आज (शनिबार) एमालेमा प्रवेश गरेका हुन्।

मिश्रले कार्यसम्पादन समिति र कर्णाली प्रदेश संयोजकको जिम्मेवारीबाट हटाएपछि दाहाल पार्टीगत राजनीतिमा निष्क्रिय रहँदै आएक थिए।

एमाले कर्णाली प्रदेश कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेलले दाहाललाई स्वागत गरे। 

देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेपछि प्राप्त उपलब्धिको रक्षा गर्न विवेकशील साझाले नसक्ने देखिएपछि एमालेमा प्रवेश गरेको दाहालले बताए। उनले स्थायित्व, लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा एमालेबाहेक अन्य शक्तिले गर्न नसक्ने दाबी गरे। नेपालमा जनताको बहुदलीय जनवाद विचारबाट नै सुखी नेपाली र समृद्ध नेपालको नारा साकार हुने जिकिर पनि उनले गरे।

शिक्षण पेशाबाट राजनीतिमा आएका दाहाल नेपाल जेसिज वर्ष २००५ का राष्ट्रिय अध्यक्षसमेत हुन्।

प्रकाशित मिति: १६:०२ बजे, शनिबार, साउन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्