Kathmandu Press

अब गठबन्धनको डम्फू मात्रै बजाएर बस्न सकिँदैन : नेपाल

काठमाडौं, साउन ७ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको डम्फु मात्रै बजाएर बस्न नसकिने बताएका छन्। पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले शनिबार...
अब गठबन्धनको डम्फू मात्रै बजाएर बस्न सकिँदैन : नेपाल

काठमाडौं, साउन ७ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको डम्फु मात्रै बजाएर बस्न नसकिने बताएका छन्। 

पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले आगामी मंसिर पहिलो साता आम निर्वाचनको घोषणा हुने जानकारी दिँदै उनले अब भने गठबन्धनको डम्फु मात्रै बजाएर बस्न नसकिने बताएका हुन्। 

अध्यक्ष नेपालले पार्टीका नेता–कार्यकर्तालाई गठबन्धनको डम्फू बजाउने काम छोडेर संगठन सदृढीकरणमा जुट्न निर्देशनसमेत दिए।

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पार्टीलाई सुदृढ बनाउने काममा नलाग्दा सत्तारुढ र अन्य दलहरुले आफूहरुलाई सहयोग नगरेको उनको भनाइ थियो। उनले आगामी आम निर्वाचनमा २० देखि २५ सिट ल्याउने दाबी पनि गरे। 

स्थानीय निर्वाचनमा २८ प्रतिशत उम्मेदवारी दिँदा ९ लाख २७ हजार मत पाएको बताउँदै उनले सबै ठाउँमा उम्मेदवारी दिएर आगामी आम निर्वाचनमा जाँदा समानुपातिकसहित प्रतिनिधिसभामा एकीकृत समाजवादीले २० देखि २५ सिट ल्याउने दाबी गरेका हुन्। 

उनले एकीकृत समाजवादी कमजोर नभएकाले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कम्तीमा १२ सिट जित्ने दाबी गरे। 
 

प्रकाशित मिति: १५:३५ बजे, शनिबार, साउन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्