Kathmandu Press

मन्त्रिमण्डल पुनर्गठन कुर्दै शेयर बजार

काठमाडौं, मंसिर ४ :  बजारको सुरुवाती समयमा आक्रामक रुपमा खरिदकर्ताको उपस्थिति रहे पनि त्यसपछि भने बजारमा पुनः विक्रीकर्ता नै हाबी भएको हाबी भएको ....

मन्त्रिमण्डल पुनर्गठन कुर्दै शेयर बजार

काठमाडौं, मंसिर ४ :  बजारको सुरुवाती समयमा आक्रामक रुपमा खरिदकर्ताको उपस्थिति रहे पनि त्यसपछि भने बजारमा पुनः विक्रीकर्ता नै हाबी भएको हाबी भएको देखिन्छ। मन्त्रिमण्डल पुनर्गठन हुने चर्चाले आजको दोस्रो बजारलाई प्रभाव पारेको देखिन्छ।

साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक १ दशमलव ६५ ले घटेर ११२८ दशमलव ३४ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव १५ प्रतिशतकोे गिरावट देखिएको छ। 

११३० दशमलव ०२ को विन्दुमा खुलेको शेयर बजार ११३९ दशमलव ९८ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु ११२७ दशमलव ६३ थियो। आज ३० करोड ७४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम भने बढेको छ।  

Hardik ivf

आजको बजार अवस्था 

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै एनएमबी बैंक लिमिटेडको शेयर किनबेच भएको छ। एनएमबी बैंक लिमिटेडको ३ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज साल्ट ट्रेडिङ्ग कर्पोरेशनका शेयरधनीले सर्वाधिक ९ दशमलव ९ प्रतिशतले कमाए भने रिडी हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ६ दशमलव ६६ प्रतिशतले गुमाए।


प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिनको विश्लेषण अनुसार यदि बजार ११३३ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गरे पनि अर्को तत्कालीन  प्रतिरोध ११३८ देखि ११४० को क्षेत्रमा रहेको र बजारको तत्कालीन टेवा ११२८ मा रहेको भनिएको थियो। 

आज कारोबारको पहिलो समयमा नै बजार बढेर लगभग ११४० को प्रतिरोधलाई सामना गरेको थियो भने कारोबारको अन्तिम समयमा ११२८ को टेवा क्षेत्रमा बन्द भएको छ। 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार ७ सातादेखि बजार प्रवृत्तिहीन  रहेको छ। हाल बजार टेवा क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले उल्टो हतौडाको आकृति बनाएको छ। यसले बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने संकेत गरे पनि अर्को दिनको मैनबत्तीलाई पनि हेर्नु पर्ने हुन्छ। आजको परिमाण हिजोभन्दा बढेको छ। 

चित्र नं.२ पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर  हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो र आज समग्रमा हेर्दा बजार प्रवृत्तिहीन रहेको देखिन्छ।

बजार प्रवृत्तिहीन रहेकाले २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले दिएको संकेत प्रभावकारी देखिँदैन। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ३५ दशमलव ५२ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजार केही सच्चिन सक्ने संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको बजार प्रवृत्ति र सूचकहरुलाई समग्र रुपमा हेर्दा यदि बजार ११४० भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ भने अर्को तत्कालीन प्रतिरोध ११४७ देखि ११५२ कोे क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, यदि बजार ११२७ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा ११२० मा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १८:१२ बजे, बुधबार, मंसिर ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्