Kathmandu Press

केही दिनभित्रै समाजवादी केन्द्रबारे निर्णय हुन्छ : प्रचण्ड

जनकपुर, साउन ७ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचण्डले केही दिनभित्रै नेकपा समाजवादी केन्द्रबारे एउटा निर्णयमा पुग्ने बताएका छन्।आज (शनिबार)...
केही दिनभित्रै समाजवादी केन्द्रबारे निर्णय हुन्छ : प्रचण्ड

जनकपुर, साउन ७ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचण्डले केही दिनभित्रै नेकपा समाजवादी केन्द्रबारे एउटा निर्णयमा पुग्ने बताएका छन्।

आज (शनिबार) जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले समाजवादी केन्द्रबारे धारणा राख्दै भने, ‘गठबन्धनभित्र भएका वामपन्थी पृष्ठभूमिका समूहसँग एकताको प्रयास भइरहेको छ। सम्भवतः केही दिनभित्र हामी एउटा निर्णयमा पुग्छौं।’ 

नेकपा एकीकृत समाजवादीका माधव नेपाल, जनता समाजवादी पार्टी (जसपा) का बाबुराम भट्टराई, वामपन्थी नेता वामदेव गौतम र आफूसहितका नेताहरु एकता अभियानमा लागेको प्रचण्डको भनाइ थियो। 

गठबन्धनभित्रका वामपन्थी दलहरुसँग राम्रो समझदारी बनाउनुपर्नेमा उनले जोड दिए। ‘गठबन्धनभित्रका वामपन्थी दलहरुसँग राम्रो समझदारी बनाउनुपर्छ। सकियो भने चुनावी खालको विशेष मोर्चा पनि हुन सक्छ। ‘पार्टी एकताका लागि संयोजन समिति पनि हुन सक्छ। छलफल जारी छ।’

उनले जसपा फुटिसकेको, औपचारिक घोषणा हुन मात्र बाँकी रहेको बताउँदै उनले भने, ‘बाबुरामजीहरुको जसपा फुटिसकेको छ, त्यसले औपचारिकता पाउन मात्र बाँकी छ। अहिले दुवै पक्षसँग हाम्रो छलफल चलिरहेको छ।’

जसपा फुटेर दुई टुक्रा भए पनि गठबन्धनभन्दा बाहिर जाने अवस्था नआउने उनको भनाइ थियो। ‘उपेन्द्रजीसँग नेतृत्व गरिरहेको पार्टीसँग हामी गठबन्धनमा पनि सँगै छौं। बाबुरामजीले अर्को बनाउने पार्टी पनि गठबन्धनभन्दा बाहिर हामी हुँदैनौं भन्नुभएको छ। यसकारण उहाँहरु गठबन्धनबाट बाहिर जाने अवस्था छैन,’ प्रचण्डले भने। 

नागरिकता विधेयक पारित भएकोमा उनले खुसी व्यक्त गरे। ‘हिजो मात्रै सदनबाट नागरिकताको समस्या समाधान भएको छ। जसको कारण झण्डै ६र७ लाख नेपालीहरु धेरै कामबाट वञ्चित हुनुपर्ने अवस्था थियो। त्यसको समाधान भएको छ,’ प्रचण्डले भने,  ‘त्यो तुरुन्तै कार्यान्वयन हुन्छ।’

प्रकाशित मिति: १४:५६ बजे, शनिबार, साउन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्