Kathmandu Press

पुष्पलाल र अन्य अग्रजले देखाएको बाटोबाट विचलित हुनेछैन : ओली

काठमाडौं, साउन ७ : एमाले अध्यक्ष केपी ओलीले आफू पुष्पलाल र अन्य अग्रजहरूले देखाएको बाटोबाट विचलित नहुने बताएका छन्।आज (शनिबार) नेपाल कम्युनिष्ट पार्टीका संस्थापक...
पुष्पलाल र अन्य अग्रजले देखाएको बाटोबाट विचलित हुनेछैन : ओली

काठमाडौं, साउन ७ : एमाले अध्यक्ष केपी ओलीले आफू पुष्पलाल र अन्य अग्रजहरूले देखाएको बाटोबाट विचलित नहुने बताएका छन्।

आज (शनिबार) नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो बताएका हुन्।

उनले पुष्पलालले देखाएकै मार्गमा हिँडेर आफूहरु बलियो भएको दाबी गर्दै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गरेरै छाड्ने समेत बताए।

‘म एमालेका अध्यक्ष भएको हैसियतमा भन्न चाहन्छु, पुष्पलाल र अरु अग्रजहरूले देखाएको बाटोबाट अलिकति पनि विचलित हुनेछैन,’ उनले भने, ‘नेपाली समाजलाई समृद्ध र सुखी नेपाली बनाएर छोड्ने संकल्प फेरि पनि दोहोर्याएको छु।’ 

पुष्पलालले स्थापना गरेको कम्युिनस्ट पार्टी नै अहिले एमाले देशको सबैभन्दा सचेत, संगठित, सबल, विस्तृत, परिवर्तनकारी शक्ति भएकाले एमालेलाई अझै सशक्त बनाएर लैजाने उनले बताए।

‘देशको सबैभन्दा सचेत, संगठित, सबल, विस्तृत, परिवर्तनकारी शक्ति नै एमाले रहेकाले पार्टीलाई थप सशक्त बनाएर अघि लैजान्छौं,’ उनले भने।

ओलीले कांग्रेसले प्रजातान्त्रिक लडाइँमा सहिद भएकालाई उचित सम्मान दिन नसकेको आरोप लगाए। ओलीले संस्थापक नेता श्रेष्ठको प्रतिमामा माल्यार्पण र पुष्पगुच्छा अर्पणसमेत गरेका थिए। 

प्रकाशित मिति: १३:३६ बजे, शनिबार, साउन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्