नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं, साउन ७ : पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा आज बिहान ८ः१० बजेको समयमा माथिबाट पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो ।
अहिले पहिरो पञ्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए।
प्रकाशित मिति: १०:१० बजे, शनिबार, साउन ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











