आज पुष्पलाल स्मृति दिवस मनाइँदै
काठमाडौं, साउन ७ : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ।१९८१ असार १५...
काठमाडौं, साउन ७ : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ।
१९८१ असार १५ गते रामेछापको भंगेरीमा मध्यमवर्गीय परिवारमा जन्मिएका पुष्पलाल नेपालमा कम्युनिस्ट पार्टीको संस्थापक हुन्। उनका दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएको थियो।
त्यसपछि पुष्पलाल पनि राणाविरोधी गतिविधिमा संलग्न भएका थिए। त्यहि विद्रोही चेनताको फलस्वरुप २००६ वैशाख १० गते नेकपा स्थापना गरेका थिए।
उनको २०३५ साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा मुटुरोगबाट निधन भएको थियो।
प्रकाशित मिति: ०७:४८ बजे, शनिबार, साउन ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











