Kathmandu Press

नागरिकतासम्बन्धि विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

शुक्रबार दिनभर छलफलपछि नागरिकता ऐन बहुमतले पारित भएको हो। 
नागरिकतासम्बन्धि विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं, साउन ६ : प्रतिनिधिसभाबाट नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको छ। शुक्रबार दिनभर छलफलपछि नागरिकता ऐन बहुमतले पारित भएको हो। 

नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी थिए, भने नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले भने नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै विधेयकको विपक्षमा रहेका थिए। 

शुक्रबारको छलफलमा ४५ जना सांसद सहभागी भएका थिए। गृहमन्त्री बालकृष्ण खाँणले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तान लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहेकाले यही विषय सम्बोधन गर्न नागरिकता विधेयक ल्याएको बताए। उनले वैवाहिक अंगीकृतका विषयमा दलीय सहमति जुटाएर अघि बढाउन सक्ने बताए।

प्रतिनिधिसभाबाट पारित भएपछि यो विधेयक अब राष्ट्रियसभामा जानेछ। त्यहाँबाट पनि पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन बनेर लागू हुनेछ।

प्रकाशित मिति: २१:०८ बजे, शुक्रबार, साउन ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्