माओवादीकै पहलमा नागरिकता उपलब्ध हुन्छ : अध्यक्ष दाहाल
काठमाडौं, साउन ६ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूको जोडबलमा नै नागरिकताविहीन नेपाली नागरिकले नागरिकता पाउन लागेको बताएका छन।...
काठमाडौं, साउन ६ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूको जोडबलमा नै नागरिकताविहीन नेपाली नागरिकले नागरिकता पाउन लागेको बताएका छन। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले पटकपटक नागरिकता विहीनलाई नागरिकता दिलाउने प्रतिबद्धता गरेको स्मरण गरे।
देशमा माओवादी पार्टी बलियो नभए सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने भन्दै उनले आगामी निर्वाचनमार्फत देशको बागडोर सम्हाल्ने अवसरबाट कोही कसैले रोक्न नसक्ने बताए।
अध्यक्ष दाहालले परिवर्तन र जनताको परिवर्तनको पक्षमा माओवादीले गरेको योगदानलाई पुनः स्थापित गरेरै छाडिने विश्वास व्यक्त गरे। उनले नवप्रवेशीलाई उचित जिम्मेवारी दिन आफूले कुनै कसर बाँकी नराख्ने दृढता प्रस्तुत गरे। उनले पर्सामा कमजोर रहेको माओवादीलाई आजको पार्टी प्रवेशले सबल बनाउने विश्वास व्यक्त गरे। उनले मधेसमा नै माओवादीले जनयुद्धको समयमा ठूलो बलिदान गरेको स्मरण गरे।
अध्यक्ष दाहालले आजको पार्टी प्रवेशले नयाँ उत्साह थप्ने बताए। कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय नेताहरू टेकबहादुर शाक्य, सलाउनि अहमद, कृष्णमोहनप्रसाद यादवलगायत दुई दर्जन नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका थिए। नवप्रवेशीलाई अध्यक्ष दाहाललगायत नेताहरूले स्वागत गरेका थिए।











