विदेशमा अलपत्र परेका नेपालीको शव नेपाल ल्याउने पहल जारी : मन्त्री कुँवर
काठमाडौं, साउन ६ : श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा अलपत्र परेका नेपालीहरुको शवलाई नेपाल ल्याउने पहल भइरहेको बताएका छन्। शुक्रबार चन्द्रलोक प्रतिष्ठानले...
काठमाडौं, साउन ६ : श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा अलपत्र परेका नेपालीहरुको शवलाई नेपाल ल्याउने पहल भइरहेको बताएका छन्।
शुक्रबार चन्द्रलोक प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरु विषय कार्यक्रममा मन्त्री कुँवरले वैदेशिक रोजगारमा गएका नेपालीहरुको शव विदेशमा अलपत्र परिरहेको भन्दै ऐन कानुन बनाएर बनाएर भए पनि नेपाल ल्याउने पहल भइरहेको बताएका हुन्।
ऐन कानून नभएपनि मानव संवेदनशिलताका हिसावले राज्यले शव ल्याउने उनको भनाइ छ। त्यस्तै उनले विदेश जाने श्रमिकहरुलाई ठगी हुनबाट रोकिने स्पष्ट पारे। सामाजिक सुरक्षा कोषको दायरालाई बढाउदै बैदेशिक रोजगारमा गएका व्यक्तिलाई पनि समावेश गराउने सोच सरकारको रहेको उनले बताए।
उनले बिदेशबाट श्रम र सीप सिकेर आएकालाई स्वदेशमा परिचालन गर्ने र उनीहरुको पुँजी लगानी गर्ने वातावरण बनाउन सरकारले पहल गरिरहेको पनि बताए।
कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो।











