हेलिकोप्टर कुर्दाकुर्दै गोरखाकी महिलाको मृत्यु
काठमाडौं, साउन ६ : गोरखाको चुमनुब्री गाउँपालिका ६ की २१ वर्षीया मिङ्मा छेन्जोम लामाको मृत्यु भएको छ। उपचारका लागि हेलिकोप्टर कुर्दाकुर्दै उनको शुक्रबार...
काठमाडौं, साउन ६ : गोरखाको चुमनुब्री गाउँपालिका ६ की २१ वर्षीया मिङ्मा छेन्जोम लामाको मृत्यु भएको छ। उपचारका लागि हेलिकोप्टर कुर्दाकुर्दै उनको शुक्रबार दिउँसो करिब साढे १ बजे मृत्यु भएको हो।
मनास्लु संरक्षित क्षेत्रअन्तर्गत पर्ने चुमनुब्रीकी लामा बिहिबारदेखि बिरामी परेकी थिइन।
वडाध्यक्ष सरोज लामाका अनुसार बिरामी उद्धार गर्न पनि जिल्ला प्रशासन कार्यालय गोरखासहित गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिनुपर्ने झन्झट रहेको छ।
‘हिजो बेलुकीदेखि मुटु दुख्यो भनेर उनी छटपटाइरहेकी बिरामीलाई उद्धार गर्न बिहानदेखि लागिपरेका थियौं तर हेलिकोप्टर नउड्दै उनको मृत्यु भयो।’
जिल्ला प्रशासन कार्यालय गोरखाले बिहान ८ बजेतिरै हेलिकप्टर उडान अनुमति दिए पनि मन्त्रालयहरूबाट अनुमति पाउन ढिलाइ भएको थियो।
प्रकाशित मिति: १८:३२ बजे, शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











