Kathmandu Press

महिलाको हत्या आरोपमा पति, ससुरा र देवर पक्राउ

सर्लाही, साउन ६ : सर्लाहीमा आफ्नै पत्नीको हत्या गरी खाल्डोमा पुरेको आरोपमा पतिसहित एकै परिवारका तीनजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा पर्सा गाउँपालिका–१ का बालदत...
महिलाको हत्या आरोपमा पति, ससुरा र देवर पक्राउ

सर्लाही, साउन ६ : सर्लाहीमा आफ्नै पत्नीको हत्या गरी खाल्डोमा पुरेको आरोपमा पतिसहित एकै परिवारका तीनजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्सा गाउँपालिका–१ का बालदत भनिने रमजेशकुमार यादव, उनका बुवा रामप्रताप र भाइ राजु रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्हरी कार्यालय सर्लाहीका अनुसार यी तीनै जनाले मिलेर रमजेशकी २० वर्षीया पत्नी निशाको हत्या गरि घरदेखि चार किलोमिटर पूर्व आफ्नै जग्गामा शव गाडेको पाइएको हो।

निशाका बुवा कैलाश रायले छोरी हराएको भन्दै जेठ २२ गते खोजिदिन आग्रह गर्दै प्रहरीमा निवेदन दिएका थिए। उनका ससुरा रामप्रतापले पनि जेठ २४ गते बुहारी हराएको भन्दै प्रहरीमा उजुरी दिएक थिए।

अनुसन्धानका क्रममा निशाका पति, ससुरा र देवरसँग सोधपुछ गर्दा हत्या गरी खेतमा गाडेको बयान दिएको प्रहरीको भनाइ छ।

बयानका आधारमा आज (शुक्रबार) खेत पुगेर उत्खनन गर्दा सडेको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १८:२९ बजे, शुक्रबार, साउन ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्