Kathmandu Press

विश्व तेक्वान्दोमा अशोक खड्का निर्णायक

काठमाडौं, साउन ६ : विश्व तेक्वान्दो च्याम्पियनसिपमा सेकेन्ड क्लास अन्तरराष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्। उक्त प्रतियोगिता बुल्गेरियाको सोफियामा हुनेछ ।...
विश्व तेक्वान्दोमा अशोक खड्का निर्णायक

काठमाडौं, साउन ६ : विश्व तेक्वान्दो च्याम्पियनसिपमा सेकेन्ड क्लास अन्तरराष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्। 

उक्त प्रतियोगिता बुल्गेरियाको सोफियामा हुनेछ । प्रतियोगिताअन्तर्गत क्याडेटको प्रतिस्पर्धा साउन १२ देखि १५ गतेसम्म हुनेछ । साउन १७ देखि २२ गतेसम्म जुनियरको खेल हुनेछ। दुवैमा अशोकले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । प्रतियोगितालाई लक्षित गरी साउन १० र ११ गतेसम्म रेफ्री रिफ्रेसर कोर्स पनि हुनेछ । कोर्समा पनि अशोक सहभागी हुनेछन्। 

निर्णायकका लागि विश्व तेक्वान्दोले नै छनोट गरेको खड्काले जानकारी दिए। दक्षिण एसियाबाट उक्त प्रतियोगिताको निर्णायकमा छनोट हुने अशोक मात्रै हुन्। 

वैशाख यता अशोकले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न लागेको पाँचौँ पटक हो । यसअघि उनले दक्षिण कोरिया, अस्ट्रिया, स्विडेन र बेल्जियममा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले आज आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै विदाइ गरे। 

उक्त प्रतियोगिताको लागि अशोक आइतबार बुल्गेरियाको सोफिया प्रस्थान गर्नेछन्। 

प्रकाशित मिति: १७:५६ बजे, शुक्रबार, साउन ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्