Kathmandu Press

राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षकमा थापा नियुक्त

काठमाडौं, साउन ६ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ।आगामी भदौ २१ देखि...
राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षकमा थापा नियुक्त

काठमाडौं, साउन ६ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ।

आगामी भदौ २१ देखि असोज ३ गतेसम्म नेपाललमै आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि एन्फाले आज थापालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। प्रशिक्षक थापाले यसअघि पनि महिला टोलीलाई प्रशिक्षण गराइसकेका थिए । त्यस्तै एन्फाले महिला टोलीको टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरेको जनाएको छ। 

प्रतियोगितामा विभिन्न सात राष्ट्रको सहभागिता रहनेछ । जसमा आयोजक नेपालसँगै भारत, भुटान, बङ्गालदेश, माल्दिभ्स, श्रीलङ्का र पाकिस्तान रहेका छन् । नेपालले यस अघि पाँचौँ संस्करणको महिला साफ आयोजना गरेको थियो।

प्रकाशित मिति: १७:५३ बजे, शुक्रबार, साउन ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्