माओवादी बलियो नभए संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित हुँदैन : प्रचण्ड
काठमाडौं, साउन ६ : नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी नै परिवर्तनको मुख्य संवाहक रहेका बताएका छन् । पाटी केन्द्रीय कार्यालयमा...
काठमाडौं, साउन ६ : नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी नै परिवर्तनको मुख्य संवाहक रहेका बताएका छन् । पाटी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले परिवर्तनलाई रक्षा गर्ने जिम्मेवारी पनि माअोवादीकै रहेको बताएका हुन्।
पर्सा जिल्लाका विभिन्न दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले पर्सालगायत मधेशमा माओवादी पार्टी कमजोर रहेको बताउँदै अप पुनस्थापना गर्नुपर्ने समय भएको बताए । माओवादी आन्दोलनको सुरुवात र शान्ति प्रक्रिया मधेशबाट सुरु गरेको बताउँदै प्रचण्डले मधेशी, थारु, मुस्लिम, आदिवासी, जनजाति लगायतका अल्पसंख्यकलाई अधिकारसम्पन्न बनाउने पार्टी माओवादी नै रहेको बताए।
यो देशमा माओवादी पुनःस्थापित भएन भने, माओवादी पार्टी बलियो भएन भने संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन । दलित, जनजाति, आदिवासी, मधेशी, अल्पसंख्यक समूदाय इत्यादी सबैको हक अधिकार पनि स्थापित हुन सक्दैन,’ प्रचण्डले भने।
उनले पार्टी प्रवेशको लहरले आउँदो निर्वाचनबाट माओवादी पार्टीलाई देशको बागडोर फेरि एकपटक हातमा लिन कसैले रोक्न सक्दैन भन्ने सन्देश प्रवाह भएको बताए। उनले पार्टीका पुराना नेता कार्यकर्ताहरुलाई आग्रह पूर्वाग्रह नराखी नयाँ आएका व्यक्तिहरुलाई हार्दिकतापूर्वक स्वागत र सम्मान गर्दै मिलेर काम गर्न विशेष अनुरोध गरे।











