Kathmandu Press

सहज ढंगले स्वास्थ्य बिमा भुक्तानी पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन

काठमाडौं, साउन ६ : प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले जनताले सहज र सरल ढंगले स्वास्थ्य बिमा भुक्तानी पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा...
सहज ढंगले स्वास्थ्य बिमा भुक्तानी पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन
फाइल तस्बिर

काठमाडौं, साउन ६ : प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले जनताले सहज र सरल ढंगले स्वास्थ्य बिमा भुक्तानी पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। 

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले स्वास्थ्य बीमाका बिषयमा धेरै समस्या देखिएमो भन्दै स्वास्थ्य बीमा भुक्तानीका देखिएका समस्याहरु समाधान गर्न सरकारलाई निर्देशन दिएको हो।

त्यस्तै अस्पतालमा स्वास्थ्य बीमामार्फत उपचार गर्न जाँदा धेरै समस्या झेल्नुपरेको भन्दै यस्ता समाधानहरु पनि दीर्घकालिन रूपमा नै समाधान गर्न पनि सरकारलाई निर्देशन दिएको समिति सभापति जयपुरी घर्तिले जानकारी दिइन्।

बैठकले सरकारीभन्दा पनि निजी अस्पतालमा बिमा भुक्तानीको समस्या भएको गुनासो आएको भन्दै ऐनकानुनको व्यवस्थाअनुसार समस्या हल गर्न पनि निर्देशन दिएको छ। 

त्यस्तै बैठकले सहिद गंगालाल हृदय रोग केन्द्रमा अक्सिजिनेरेटरको अभाव भएका कारण शल्यक्रिया गर्न नै कठिन भएको गुनासो आएको भन्दै छिटोभन्दा छिटो आवश्यक मेसिनको व्यवस्था गर्न पनि निर्देशन दिएको सभापति घर्तीले जानकारी दिइन्। 

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले चालू बजेटमा सरकारी र सामुदायिक स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्यबीमा लागू हुने उल्लेख भएकाले केहि समस्या देखिएको बताए।

बिमाको क्षेत्रमा त्रुटि भए सच्याउन सरकार तयार रहेको उनले बताए। त्यस्तै उनले अहिले मुलुकका कोरोना खोप अभाव नभएको भन्दै स्थानीय तहले पनि खोप अभियान सञ्चालन गर्न सक्रियता देखाउनुपर्ने बताए।

बैठकमा समिति सदस्यहरुले स्वास्थ्य बिमालाई थप प्रभावकारी र सहज बनाउन राज्य गम्भीर हुनुपर्ने सुझाव दिएका थिए। 

प्रकाशित मिति: १७:४१ बजे, शुक्रबार, साउन ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्