यस्तो छ आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति (पूर्णपाठ)
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ।
काठमाडौं, साउन ६ : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन्।
कोरोनाबाट महामारी र रुस युक्रेन युद्धका कारण थलिएको अर्थतन्त्रलाई मध्यनजर गर्दै यसवर्षको मौद्रिक नीति केही कसिलो बनाइएको गभर्नर अधिकारीले बताएका छन् । मौद्रिक नीतिले विप्रेषण आप्रवाहको दायरा फराकिलो पार्न नेपाली नागरिक, विदेशी नागरिक र संघसंस्था समेतले विप्रेणण रकम प्राप्त गर्ने सहज हुने गरी विप्रेषणसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गर्ने नीति लिएको छ।
त्यस्तै केही वस्तुहरुको आयातको लागि प्रतित पत्र खोल्दा नगद मार्जिन राख्नुपर्ने विद्यमान व्यवस्थालाई क्रमिक रुपमा पुनरावलोकन गर्दै लैजाने नीतिमा उल्लेख छ।
यस्तो छ मौद्रिक नीति
प्रकाशित मिति: १७:२६ बजे, शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











