प्रदेश खारेजीको माग राख्दै राप्रपा नेपालद्वारा प्रदर्शन
काठमाडौं, साउन ६ : प्रदेश संरचना खारेज हुनुपर्नेलगायतका माग राख्दै राप्रपा नेपालले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा प्रदेश संरचना खारेज...
काठमाडौं, साउन ६ : प्रदेश संरचना खारेज हुनुपर्नेलगायतका माग राख्दै राप्रपा नेपालले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारिलाई कारबाही गरिनुपर्ने माग राख्दै राप्रपा नेपालले प्रदर्शन गरेका हुन्।
उनीहरुले महँगी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माइतीघरबाट बानेश्वरसम्म प्रदर्शन गरेका थिए।
प्रदर्शनपछि आयोजित सभामा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठूला दल भन्नेहरुले मुलुकमा ब्रह्मलुट मच्चाईराखेको र ठूला–ठूला भ्रष्टाचार लुकाइएको आरोप लगाए।
मुलुक अस्तव्यस्त हुँदा पनि दलका नेताहरु चिर निन्द्रामा रहेको उनको भनाइ छ। त्यस्तै उनले चार वर्षसम्म सदनमा छलफल भएको नागरिकता विधेयक फिर्ता लिएर नागरिकको हितविपरीतको विधेयक ल्याउने षड्यन्त्र भइरहेको आरोप लगाए।
उनले जनताको जनजीविकाका विषयमा सरकार गम्भीर नभएसम्म बिरोधका कार्यक्रम जारी राख्ने स्पष्ट पारे।











