थपिए ४५६ जना कोरोना संक्रमित
हाल नेपालमा २ हजार ८ सय ४१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
काठमाडौं, साउन ६ : नेपालमा थप ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको २ हजार १ सय ६८ पिसिआर परिक्षणका क्रममा ३ सय ८४ जना र १ हजार ६ सय ७० एन्टीजेन परिक्षणका क्रममा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ५४ पुगेको छ।
त्यस्तै थप ८० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ३ सय ८ जना निको भएका छन्।
हाल नेपालमा २ हजार ८ सय ४१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
होम आइसोलेशनमा दुई हजार ७०८, संस्थागत आइसोलेसन १३३ र आइसियू २२ जना सङ्क्रमित रहेका छन्।
सो अवधिमा ३ लाख ८६ हजार ७८२ जनाले कोभिड विरुद्धको खोप लगाएका छन्।
हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र २०० भन्दा बढी सङ्क्रमित रहेको ललितपुर रहेको छ।
सून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, जाजरकोट, कालिकोट, मुगु, जुम्ला, बाजुरा र डढेलधुरा रहेका छन्। उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ५४९ र ललितपुर २५३ र भक्तपुरमा ८० सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ।











