Kathmandu Press

कोरोना बढ्न थालेपछि स्वास्थ्य मापदण्ड कडाईका साथ लागु गर्न/गराउन सरकारको निर्देशन 

काठमाडौं, साउन ६ : कोरोना संक्रमणदर दिनहुँ बढेपछि सुरकारले स्वास्थ्य मापदण्ड कडाईका साथ लागु गर्न÷गराउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै...
कोरोना बढ्न थालेपछि स्वास्थ्य मापदण्ड कडाईका साथ लागु गर्न/गराउन सरकारको निर्देशन 

काठमाडौं, साउन ६ : कोरोना संक्रमणदर दिनहुँ बढेपछि सुरकारले स्वास्थ्य मापदण्ड कडाईका साथ लागु गर्न÷गराउन निर्देशन दिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै पछिल्लो अवस्थामा कोरोना संक्रमणदरसँगै बढ्दो जोखिमलाई मध्यनजर गरी संक्रमण रोकथाम, नियन्त्रण गर्दै जोखिम कम हुने अवस्था बनाउन सम्पूर्णलाई आग्रह गरेका छन्। 

मन्त्रालयले सबै सरकारी, गैह्र सरकारी कार्यालयहरु तथा मानिसको भिडभाड हुने स्थानहरुमा अनिवार्य रुपमा मास्को प्रयोग गर्नु गराउन तथा प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्न गराउन आग्रह गरेको छ। 

त्यस्तै विमानस्थल, हवाई लगायत सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य गराउँदै स्यानिटाइजरको व्यवस्था गर्न पनि आग्रह गरेको छ। 

यस्तो छ स्वास्थ्य मन्त्रालयको अनुरोध :


 

प्रकाशित मिति: ११:०८ बजे, शुक्रबार, साउन ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्