Kathmandu Press

आज मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी

काठमाडौं, साउन ६ : राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउने तयारी गरेको छ।यसका लागि बैंकले आज सञ्चालक समिति बैठक बोलाएको छ। सञ्चालक समितिको...
आज मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी

काठमाडौं, साउन ६ : राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउने तयारी गरेको छ।

यसका लागि बैंकले आज सञ्चालक समिति बैठक बोलाएको छ। सञ्चालक समितिको बैठकले यसबारे निर्णय गर्ने जनाएको छ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिबारे बिहीबार प्रधानमन्त्री एवं अर्थमन्त्री शेरबहादुर देउवालाई यसबारे जानकारी गराएका थिए। गभर्नर अधिकारीले झण्डै एक घण्टा मौद्रिक नीतिबारे जानकारी गराएका थिए।

बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्नता गराएको आरोप लागेपछि जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। त्यसयता अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले नै सम्हालेका छन्।

 

प्रकाशित मिति: ०७:३९ बजे, शुक्रबार, साउन ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्