Kathmandu Press

चट्याङ लागेर हुम्लामा ५० बाख्रा मरे

हुम्ला, साउन ६ : हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठूलो सङ्ख्यामा बाख्रा मरेका छन्।चट्याङले सर्केगाड गाउँपालिका २ मा ५० भन्दा...
चट्याङ लागेर हुम्लामा ५० बाख्रा मरे

हुम्ला, साउन ६ : हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठूलो सङ्ख्यामा बाख्रा मरेका छन्।

चट्याङले सर्केगाड गाउँपालिका २ मा ५० भन्दा बढी बाख्रा मरेको स्थानीय बासिन्दाले बताए। रिपको खानी भन्ने स्थानको खर्कमा बाख्रा लगेका बेला परेको चट्याङमा परेर छक्का कार्की र लुड्प्या महताराका बाख्रा मरेका हुन्।

त्यस्तै, गोठालो गएका कार्की पनि घाइते भएको वडाध्यक्ष सिद्ध कार्कीले जानकारी दिए। घाइते कार्कीको अवस्था सामन्य रहेको उनले बताए।

चट्याङ परेको स्थान गाउँबाट टाढा भएकाले क्षतिको विस्तृत विवरण नआएको वडाध्यक्ष कार्कीले बताए। वर्षायाम शुरु भएसँगै चट्याङ पर्न थालेको छ।

प्रकाशित मिति: ०७:१३ बजे, शुक्रबार, साउन ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्