Kathmandu Press

स्थानीय उत्पादनमा जोड दिन एकीकृत समाजवादीको निर्देशन

काठमाडौं, साउन ६ : नेकपा (एकीकृत समाजवादी) ले स्थानीय उत्पादनलाई प्रोत्साहन गरी उत्पादन वृद्धि तथा बजारीकरण गर्न पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई...
स्थानीय उत्पादनमा जोड दिन एकीकृत समाजवादीको निर्देशन

काठमाडौं, साउन ६ : नेकपा (एकीकृत समाजवादी) ले स्थानीय उत्पादनलाई प्रोत्साहन गरी उत्पादन वृद्धि तथा बजारीकरण गर्न पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएको छ।

जनप्रतिनिधिलाई जनताप्रति थप उत्तरदायी बनाउन यही साउन ४ र ५ गते काठमाडौंमा प्रशिक्षण आयोजना गरेको थियो। प्रशिक्षण कार्यक्रममा भ्रष्टाचार, ढिलासुस्ती र अनियमितता नगरी जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्न निर्देशन दिएको महासचिव बेदुराम भुसालले बताए।

शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शीतालगायत विषयमा दिइएको प्रशिक्षण बैठकले सादा जीवन, उच्च विचारका साथ जनपक्षीय शैली अवलम्बन गर्न १६ बुँदे प्रतिबद्धतापत्र जारी गरेको छ। शिक्षा, आधारभूत स्वास्थ्य सेवा सुलभ तथा मानव अधिकारको प्रत्याभूत गर्न, जनताको विकास तथा निर्माणमा सार्वजनिक लगाानी बढाउने प्रतिबद्धता जारी गरिएको छ।

सामाजिक न्याय तथा समानता कायम गर्न प्रतिबद्ध हुन निर्देशन गरिएको पत्रमा समाजवाद निर्माणको अनिवार्य सर्त समग्र मानव विकास भएकाले त्यस क्षेत्रको संशाधन विकासमा लगानी बढाउन, प्राकृतिक पर्यावरणको सुरक्षा गरी विकास निर्माणलाई वातावरणमैत्री बनाउने विषय उल्लेख गरिएको छ।

राष्ट्रिय एकता र जनताबीच मेलमिलाप र साम्प्रदायिक सद्भाव कायम गर्ने, स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गर्दै निर्यात वृद्धि, आयात प्रतिस्थापन र स्वावलम्बी अर्थतन्त्र निर्माण गर्ने विषय पत्रमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: ०६:५० बजे, शुक्रबार, साउन ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्