भारतको पन्ध्रौं राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित
काठमाडौं, साउन ६ : भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुलाई नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले बधाई दिएका छन्।गएराति सम्पन्न मतगणनामा मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी हुन्।...
काठमाडौं, साउन ६ : भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुलाई नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले बधाई दिएका छन्।
गएराति सम्पन्न मतगणनामा मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी हुन्। उनी भारतको पन्ध्रौं राष्ट्रपति बनेकी छन्।
सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)बाट राष्ट्रपति निर्वाचित मुर्मु आदिवासी समुदायकी हुन्। उनले विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका यसवन्त सिन्हालाई पराजित गरेकी छन्।
राष्ट्रपति निर्वाचित भएकोमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले मुर्मूलाई हार्दिक बधाई तथा शुभकामना दिएकी छन्। मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास लिएको राष्ट्रपति भण्डारीले जनाएकी छन्।
त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि मुर्मूलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन्। प्रधानमन्त्री देउवाले नवनिर्वाचित राष्ट्रपति मुर्मूको कार्यकालमा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेका छन्।











