एनआईसी एसियाको ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’
काठमाडौं, मंसिर ४ : एनआईसी एसिया बैंकले ‘सुपर चमात्कारिक रिकरिङ्ग निक्षेप खाता’लाई ‘सुपर चमात्कारिक मासिक निक्षेप खाता’ बनाएको....

काठमाडौं, मंसिर ४ : एनआईसी एसिया बैंकले ‘सुपर चमात्कारिक रिकरिङ्ग निक्षेप खाता’लाई ‘सुपर चमात्कारिक मासिक निक्षेप खाता’ बनाएको छ।
आम ग्राहकको सहजताका लागि नाम परिवर्तन गरिएको बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जनाएका छन्। ‘आम जनमासलाई सजिलोसँग बुझ्न र बुझाउन सजिलो होस भन्ने हेतुले यस योजनालाई सुपर चमत्कारिक मासिक निक्षेप खाता भनि नामाङ्कन गरिएको हो’ उनले भने।
यस खाता बचत खाता नभई विशेष प्रकारको मुद्दती खाता भएको बैंकले जनाएको छ। यसमा ग्राहकले तीन महिनादेखि १० वर्षसम्मको लागि आफ्नो आवश्यकताअनुशार खाता खोल्न र मुद्दती निक्षेपकै ब्याज आर्जन गर्न सक्नेछन्।
प्रकाशित मिति: १२:४६ बजे, बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
