एकैदिन ४३५ जनामा कोरोना संक्रमण
बितेको चौबिस घन्टामा १ हजार ६६७ जनामा पीसीआर परीक्षण गर्दा ३१७ जनामा संक्रमण देखिएको छ भने १ हजार ९०२ जनामा एन्टीजेन परीक्षण गर्दा ११८ मा संक्रमण पुष्टि भएको हाे।
काठमाडौं, साउन ५ : मुलुकभर पछिल्लो चौबिस घन्टामा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५६९ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको हो।
बितेको चौबिस घन्टामा १ हजार ६६७ जनामा पीसीआर परीक्षण गर्दा ३१७ जनामा संक्रमण देखिएको छ भने १ हजार ९०२ जनामा एन्टीजेन परीक्षण गर्दा ११८ मा संक्रमण पुष्टि भएको हाे।
सोही अवधिमा ५६ जना संक्रमणमुक्त भएका छन् । बिहीबार कोरोना संक्रमणबाट कसैको पनि निधन नभएको मन्त्रालयले जानकारी दिएको छ।
योसँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ९ लाख ८२ हजार ७१९ र एन्टीजेनतर्फ १ लाख ४१ हजार २५७ पुगेको छ । त्यस्तै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६८ हजार २२८ पुगेको छ भने हालसम्म ११ हजार ९५४ संक्रमितको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार हाल देशभर २ हजार ५३७ सक्रिय संक्रमित रहेका छन् ।






