Kathmandu Press

राजधानीमा जापानी कला प्रदर्शनी

काठमाडौं, मंसिर ४ : जापानी कलाकारले बनाएका विभिन्न कलाकृतिको राजधानीमा प्रदर्शन चलिरहेको छ।

एमक्यूब ग्यालरी, ललितपुरमा चलिरहेको ‘फायर ....

राजधानीमा जापानी कला प्रदर्शनी

काठमाडौं, मंसिर ४ : जापानी कलाकारले बनाएका विभिन्न कलाकृतिको राजधानीमा प्रदर्शन चलिरहेको छ।

एमक्यूब ग्यालरी, ललितपुरमा चलिरहेको ‘फायर वर्क’ नामको प्रदर्शनीमा भिन्न कलाकृति अवलोकन गर्नेको भीड लाग्ने गरेको छ। जापानी कलाकार तानावेले खुम्चिएको कपडालाई कलामा उतारेकी छन्।

कपडा खुम्चिँदा बन्ने आकृतिलाई कलामा उतारेको उनी बताउँछिन्। ‘कुनै पनि कपडा एकचोटि खुम्चिइएर फिँजिएपछि त्यसले पुनः खुम्चिँदा त्यहिँ रुप लिन सक्त्तैmन। कपडाको यहि शैलीलाई कलामा उतारेकी छु,’ उनले भनिन्।

Hardik ivf

कपडा खुम्चिँदा बन्ने आकृति सामान्यझैँ लाग्छ। तर, उनले भने कलाको माध्यमबाट सजाएकी छन्। उनलाई लाग्छ, कपडाजस्तै कयौं चिज फेरी दुरुस्तै बन्दैनन्। त्यसैले उनले यसलाई कलामा उतारेको सुनाउँछिन्। ‘रकेट उड्दा एक सेकेन्डमै आकाशमा अनेकौ आकृति बनाएर विलाएर जान्छ,’ उनी भन्छिन्, ‘यस संसारमा कतिपय चिजहरु मात्र एक पटक बन्छ। जस्तो कि मानिसको बैशालु उमेर पुनः दोहोरिन सक्तैन।’

उनले ‘फायर वर्क’मा मन गढेर बसेका अनेक भावलाई कलाको रुप दिएर बाहिर ल्याउने कोशिस गरेकी छन्। बाल स्मृतिलाई कपडाको भिन्नभिन्न बनावटसँग साट्ने प्रयत्न उनको कलामा गरेको देख्न पाइन्छ। उनका सिर्जनाले झिसमिसे, बिहानी र साँझलाई त्यही कपडाको माध्यमबाट उतारेकी छन्।

त्यस्तै, सिल्भर सिल्कको रङ्गले आफ्नो विचार कलामा प्रस्तुत गरिरहेका छन् हिदियो इदा। ‘दुखाई र माया मानिसले भित्रै महशुस गर्ने हो जसको कुनै आकार हुँदैन,’ इदा भन्छन। उनले त्यहि दुखाइ र मायालाई कलामा उतारेका छन्।

एमक्यूब ग्लारीमा कात्तिक २९ देखि सुरू भएको प्रदर्शनी मंसिर ८ गतेसम्म अवलोकन गर्न सकिनेछ।

प्रकाशित मिति: ११:४९ बजे, बुधबार, मंसिर ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्