Kathmandu Press

महँगीबारे बाेल्दा त्यसलाई बंग्याएर ट्रोल गर्नेकाे भान्सा सस्ताे हाेस्, शुभकामना : ज्ञवाली

काठमाडाैं, साउन ५ : नैकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले महँगीबारे आफूले दएिको अभिव्यक्तिलाई विषयान्तर गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले...
महँगीबारे बाेल्दा त्यसलाई बंग्याएर ट्रोल गर्नेकाे भान्सा सस्ताे हाेस्, शुभकामना : ज्ञवाली

काठमाडाैं, साउन ५ : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले महँगीबारे आफूले दएिको अभिव्यक्तिलाई विषयान्तर गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूले महँगीबारे बोलेको कुरालाई बंग्याएर ट्रोल बनाएको भन्दै उनले असन्तुष्टि जनाएका हुन्।

ज्ञवालीले एमालेको उपभोक्ता विभागले आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री र सांसद भए पनि भान्सामा दुईथरी तरकारी पकाउन मुस्किल भएको बताउँदै महँगीले सर्वसाधारण मारमा परेको संकेत गरेका थिए। तर ज्ञवालीको उक्त भनाइपछि वरिपरी परिकारसहित खाना खाइरहेको तस्बिर सार्वजनिक गर्दै व्यंग्य गरिएको थियो।

ज्ञवालीले उक्त तस्बिर अमेरिकामा आफूले खाना खाँदाको बखतको रहेको स्पष्ट पारेका छन्। ‘सत्तारुढ दलका कतिपय नेताकार्यकर्ता मूल्य बढ्नु समस्या हो भन्ने स्वीकार गर्नुभन्दा फोटोसप गरेर हुन्छ कि के गरेर हुन्छ ट्रोल बनाउनेतिर लाग्नुहुन्छ,’ उनले भने, ‘अस्ति मैले यही विषय उठाएको थिएँ। साथीहरुले मैले अमेरिकामा खाना खाइरहेको फोटो छापेर दुईथरी तरकारीको कुरा गर्नुभयो। त्यसो गरेर उहाँहरुको भान्सा सस्तो हुन्छ भने मेरो शुभकामना छ।’

उनले मूल्य नियन्त्रणका लागि राहत दिने, सुपथ मूल्य पसल चलाउने, बजार अनुगमन र कारबाही गर्नेलगायतका अलम्बन गर्न सरकारलाई सुझाव दिए।

प्रकाशित मिति: १५:३० बजे, बिहीबार, साउन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्