Kathmandu Press

एसपीपी स्वीकार नगर्ने पत्र पठाउन सभामुखबाट रुलिङको माग 

काठमाडौं, साउन ५ : नेकपा माओवादी केन्द्रले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) स्वीकार नगर्ने पत्र पठाउन सभामुखबाट रुलिङको माग गरेको छ। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा...
एसपीपी स्वीकार नगर्ने पत्र पठाउन सभामुखबाट रुलिङको माग 

काठमाडौं, साउन ५ : नेकपा माओवादी केन्द्रले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) स्वीकार नगर्ने पत्र पठाउन सभामुखबाट रुलिङको माग गरेको छ। 

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै माअ‍ोवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले मन्त्रिपरिषदको निर्णय कार्यान्वय गर्न रुलिङको माग गरेका हुन्। 

उनले अमेरिकालाई तत्काल पत्राचार गर्न नसकिने परराष्ट्र मन्त्रालयको प्रवक्ताको अभिव्यक्तिमा प्रश्न उठाउँदै त्यसो गरिनु मन्त्रिपरिषद्को निर्णय विपरित हुने बताए।

गुरुङले नेपालले एसपीपी स्वीकार नगर्ने भनेपछि त्यही विषय राखेर अर्को नाममा सम्झौता गर्न खोजेको आशंका समेत व्यक्त गरे।

 ‘जसरी भएपनि नेपाललाई आईपीएसको पार्ट बनाउने र सैन्य सम्झौतामा लैजाने तयारी चलिरहेको देखिन्छ । सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ,’ उनले भने। 

प्रकाशित मिति: १५:१२ बजे, बिहीबार, साउन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्