प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं, साउन ५ : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ।संघीय संसद भवन नयाँ बानेश्वरमा बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा दुई विधेयकमाथि विचार गरियोस् भन्ने...
काठमाडौं, साउन ५ : प्रतिनिधिसभा बैठक बस्दैछ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा दुई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल हुने संभावित कार्यसूची रहेको छ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको ुतथ्यांक विधेयक, २०७६ माथि विचार गरियोस्ु भनी प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको छ।
यस्तै, भौतिक पू्र्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ुकाठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक २०७६ माथि विचार गरियोस्ु भनी प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूचीमा उल्लेख छ।
प्रकाशित मिति: १२:२३ बजे, बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











