Kathmandu Press

एजेन्डामै प्रवेश नगरी एन्फाको बैठक स्थगित

काठमाडौं, साउन ५ : अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक एजेन्डामै प्रवेश नगरी स्थगित भएको छ।ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज (बिहीबार) बसेको...
एजेन्डामै प्रवेश नगरी एन्फाको बैठक स्थगित

काठमाडौं, साउन ५ : अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक एजेन्डामै प्रवेश नगरी स्थगित भएको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज (बिहीबार) बसेको बैठक हाजिरीको विषयमा विवाद भएपछि एजेन्डामै प्रवेश नगरी बैठक स्थगित भएको हो। यसअघि सोमबारका लागि बोलाइएको बैठक अध्यक्ष नेम्वाङ अस्वस्थ भएपछि स्थगित गरिएको थियो।

अध्यक्ष पंकज नेम्वाङले बैठकको प्रारम्भकै हाजिरी गर्नुपर्ने कुरा उठाएपछि गणेश थापा पक्षका पदाधिकारी र सदस्यहरूले बैठक सकिएपछि मात्रै हाजिरी गर्ने बताएपछि बैठक स्थगित गरिएको जनाइएको छ।

एन्फाको निर्वाचनपछि असार ६ गते बसेको कार्यसमितिको पहिलो बैठकले एन्फा महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्रमान जोशी र विदेश विभाग प्रमुखमा नवीन पाँडेलाई नियुक्ति गरेको थियो। नियुक्तिको माइन्युटमा हस्ताक्षर गरेका थापा पक्षले प्रक्रियामा प्रश्न उठाउँदै आएको छ।

एन्फाले आजको बैठकका लागि विवादिद नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिपलगायत १८ एजेन्डा तय गरेको थियो।

प्रकाशित मिति: ११:४९ बजे, बिहीबार, साउन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्