जनार्दन शर्माको अडान : बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता छैन
काठमाडौं, साउन ५ : निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नरहेको अडान लिएका छन् । संसदीय छानबिन विशेष समितिको बैठकमा आज...
काठमाडौं, साउन ५ : निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नरहेको अडान लिएका छन् । संसदीय छानबिन विशेष समितिको बैठकमा आज बयान दिँदै शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको दोहो¥याएका हुन्।
संसदमा अनधिकृत व्यक्ति प्रवेश गरी करको दर हेरफेर गरेको भन्ने आरोपको खण्डन गर्दै शर्माले बजेट निर्माणमा मन्त्रालयका अधिकारीहरुबाहेक अन्य असम्बन्धित व्यक्ति कोही पनि संलग्न नभएको बताए।
करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश गराएको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए।
शर्माले राजीनामा दिएकै दिन उनीमाथि छानबिन गर्न ११ सदस्यीय विशेष समिति गठन गरिएको थियो। समितिले यो प्रकरणमा मुछिएका भनिएका बिभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्ने क्रममा आज निवर्तमान मन्त्री शर्मासँग पनि सोधपुछ गरेको हो।











