Kathmandu Press

संसदीय समितिले आज पूर्व अर्थमन्त्री शर्माको बयान लिने

काठमाडौं, साउन ५ : संसदीय विशेष छानबिन समितिले आज पूर्व अर्थमन्त्री जनार्दन शर्माको बयान लिने भएको छ।आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा...
संसदीय समितिले आज पूर्व अर्थमन्त्री शर्माको बयान लिने

काठमाडौं, साउन ५ : संसदीय विशेष छानबिन समितिले आज पूर्व अर्थमन्त्री जनार्दन शर्माको बयान लिने भएको छ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको संलग्नता रहेको आरोप लागेपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। प्रतिनिधि सभाले विशेष छानबिन समिति गठन गरेको थियो।

समितिले अर्थ मन्त्रालयका सचिव लगायत विभिन्न १० कर्मचारीसँग बयान लिइसकेको छ। आज शर्मासँग बयान लिइने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति मन्त्रालयमा बोलाइएका अनाधिकृत व्यक्तिमाथि छानबिन सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन गरेका थिए। समितिलाई १० दिनको म्याद दिइएको थियो।

समितिले काम शुरु गरेको भोलि १० दिन पुग्दै छ। समयमा काम नसकिएपछि म्याद थप्नका लागि आग्रह गर्ने समितिले निर्णय गरिसकेको छ।

 

प्रकाशित मिति: ०८:१८ बजे, बिहीबार, साउन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्