मेलम्चीमा बाढी, हेलम्बु–मेलम्ची सडक अवरुद्ध
सिन्धुपाल्चोक, साउन ५ : गएरातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डको ठाउँ–ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ।बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि...
सिन्धुपाल्चोक, साउन ५ : गएरातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डको ठाउँ–ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ।
बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले बताए। यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको मेलम्चीका श्याममणि चालिसेले बताए।
गएराति भारी वर्षा हुँदा हेलम्बुका ग्याल्थुमलगायत क्षेत्रका बासिन्दा घर बाहिर बस्न बाध्य भएका थिए।
त्यस्तै, मेलम्ची खोलास्थित नाकोते र आसपासमा भारी वर्षा भएको छ। जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
प्रकाशित मिति: ०७:२५ बजे, बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











