आज मेघ गर्जनसहित देशभर वर्षाको सम्भावना
काठमाडौं, साउन ५ : मनसुनी वायुको प्रभावले आज देशभर मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।हाल मनसुनको न्यून...
काठमाडौं, साउन ५ : मनसुनी वायुको प्रभावले आज देशभर मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केहि उत्तरतिर रहेको छ। जसले गर्दा अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
त्यस्तै, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशको पहाडी भूभागका धेरै स्थानमा र अन्य भूभागका केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र प्रदेश १ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको प्रक्षेपण छ।
आज राति पनि पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका केहि स्थानमा र अन्य भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।











