Kathmandu Press

एशियाली खेलकूदमा स्वर्ण जित्नेलाई साढे ३२ लाख पुरस्कार

काठमाडौं, साउन ५ : चीनको हाङझाउमा आयोजना हुने १९औँ एशियाली खेलकूद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई ३२ लाख ५० हजार पुरस्कार प्रदान गरिने...
एशियाली खेलकूदमा स्वर्ण जित्नेलाई साढे ३२ लाख पुरस्कार

काठमाडौं, साउन ५ : चीनको हाङझाउमा आयोजना हुने १९औँ एशियाली खेलकूद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई ३२ लाख ५० हजार पुरस्कार प्रदान गरिने भएको छ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) द्वारा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले राष्ट्रका लागि पसिना बगाउने खेलाडीका लागि पुरस्कार स्वरूप साढे ३२ लाख प्रदान गर्ने बताए। मन्त्री गहतराजले प्रतियोगितामा रजत जित्ने खेलाडीलाई साढे १९ लाख र कास्यपदक जित्नेलाई १३ लाख प्रदान गर्ने बताए।

एशियाली खेलकुद प्रतियोगिता आगामी २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ तरिखसम्म हुने तय भएको छ। यसैगरी मन्त्री गहतराजले उक्त प्रतियोगिता तयारीमा केही कमी नरहने भन्दै खेलाडीे प्रशिक्षणका लागि थप आवश्यक रकम विनियोजन गर्न पछि नहट्ने बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले १९औँ एशियाली खेलकूद प्रतियोगिता तयारीका लागि आफ्नो मन्त्रालयले सक्दो सहयोग गर्ने बताए।

राखेप सदस्य सचिव टङ्कलाल घिसिङले एशियाली खेलकूद प्रतियोगिता तयारीका लागि खेलाडीले निकै मेहनत गरिरहेको बताउँदै प्रतियोगिताका लागि सरकारले १० करोड बजेट छुट्याएको जानकारी दिए।

एशियाली खेलकूद प्रतियोगिताको पहिलो चरणको ४० दिनको प्रशिक्षण सम्पन्न भएको छ। अबको केही दिनपछि दोस्रो चरणको प्रशिक्षण शुरु गर्ने राखेपले जनाएको छ।

प्रकाशित मिति: ०६:४३ बजे, बिहीबार, साउन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्