Kathmandu Press

महाेत्तरीमा सडक दुर्घटना हुँदा एकको मृत्यु

महाेत्तरीमा सडक दुर्घटना हुँदा एकको मृत्यु
Hardik ivf

महाेत्तरी, साउन ४ : सडक दुर्घटनामा परी महोत्तरीमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको गौशाला नगरपालिका–२ निगौल सडकखण्डमा आज पेट्रोलपम्प नजिकै दुई मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा जिल्लाकै औरही नगरपालिका–२ का २४ वर्षीय विवेक यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो।

सो दुर्घटनामा प्रदेश नम्बर २–०२–००३ प ७७३८ नम्बरको मोटरसाइकल चालक गौशाला नगरपालिका–४ रजखोरका २५ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। सम्सीबाट गौशालातर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ७७३८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश नम्बर २–०२–००१ प ८६७९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो। मृतक र घाइते दुवै एउटै मोटरसाइकलमा सवार हुन्।

दुर्घटनामा घाइते कृष्ण यादवलाई गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ। शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

प्रकाशित मिति: १९:०६ बजे, बुधबार, साउन ४, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्