संसदीय विशेष समितिले तत्कालीन अर्थमन्त्री शर्मासँग छलफल गर्ने
काठमाडौं, साउन ४ : तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले बिहीबार शर्मासंग छलफल गर्ने भएको छ । सिंहदरबारमा बुधबार...
काठमाडौं, साउन ४ : तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले बिहीबार शर्मासंग छलफल गर्ने भएको छ ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले अर्थमन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुईपत्रकारसंग छलफल गरेको थियो भने बिहीबार शर्मासंग छलफल गर्ने निर्णय भएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।
त्यस्तै बिहीबार समिति गठन गरिएको १० दिन पुरा हुने भएकाले केहि दिन म्याद थप गर्ने बिषयमा पनि छलफल भएको उहाले जानकारी दिए । समितिले छानविनका लागि समय अपुग भएको भन्दै सात दिन म्याद थप गर्नका लागि सभामुखसंग आग्रह तयारी गरेको छ ।
प्रकाशित मिति: १९:०० बजे, बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











