एसईई नतिजा साउन दोस्रो साता आउने
काठमाडौं, साउन ४ : माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार अन्तिम साता,साउन पहिलो साता हुँदै अब साउन दोस्रो सातामा मात्रै प्रकाशित हुने...
काठमाडौं, साउन ४ : माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार अन्तिम साता,साउन पहिलो साता हुँदै अब साउन दोस्रो सातामा मात्रै प्रकाशित हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित हुने जनाएको हो । बोर्डले सुरुमा असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताउँदै आएको थियो । त्यसपछि साउन पहिलो साता भाखा सारेको बोर्डले पुन अर्को भाखा सार्दै साउन दोस्रो साता पुर्याएको हो ।
गत वैशाख ९ गतेदेखि बाट सञ्चालन भएको एसईईमा करिब ५ लाख विद्यार्थी सहभागी भएका छन् ।
प्रकाशित मिति: १८:४० बजे, बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











