Kathmandu Press

पुबुदु दासानायके क्यानडाको प्रमुख प्रशिक्षक नियुक्त 

क्रिकेट क्यानडाले सामाजिक सञ्जालमार्फत दासानायके प्रमुख प्रशिक्षकमा नियुक्त भएको जानकारी दिएको छ। क्यानडामा दासानायकेकाे याे दाेस्राे कार्यकाल हाे।
पुबुदु दासानायके क्यानडाको प्रमुख प्रशिक्षक नियुक्त 

काठमाडौं, साउन ४ : नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएलगत्तै पुबुदु दासानायके क्यानडाको राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन्। 

क्रिकेट क्यानडाले सामाजिक सञ्जालमार्फत दासानायके प्रमुख प्रशिक्षकमा नियुक्त भएको जानकारी दिएको छ। क्यानडामा दासानायकेकाे याे दाेस्राे कार्यकाल हाे। यसअघि उनी सन् २००७ देखि २०११ सम्म क्यानडाको प्रमुख प्रशिक्षक थिए।

दाशानायकेले एक साताअघि नेपाल क्रिकेट संघ (क्यान)मा राजीनामा बुझाएका थिए भने बुधबार पत्रकार सम्मेलन गरेर राजीनामाकाे घाेषणा गरेका थिए । उनले कार्यत्रफममा व्यक्तिगत कारणले राजीनाम दिनुपरेकाे र अहिले निर्णय नलिए पछि पछुताउनुपर्ने अवस्था आउने बताएका थिए।

सन् २०११ देखि २०१५ सम्म पहिलाे कार्यकालमा नेपाली टिमलाई सफलता दिलाएका दासानायककाे दाेस्राे कार्यकाल भने बिर्सनलायक रह्याे। उनकाे नेतृत्वमा विश्वकप लिग-२का तीन सिरिजका १२ खेलमध्ये नेपालले ४ खेलमात्र जितेकाे थियाे।

 

प्रकाशित मिति: १७:५९ बजे, बुधबार, साउन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्