दानबहादुर तामाङ दक्षिण अफ्रिकाका लागि नेपाली राजदुत नियुक्त

काठमाडौं, साउन ४ : दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा दानबहादुर तामाङ नियुक्त भएका छन्।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तामाङलाई बुधबार नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
प्रकाशित मिति: १७:४६ बजे, बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











