Kathmandu Press

एकैदिन ३९१ जनामा कोरोना संक्रमण, ४६ जना संक्रमणमुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९८१ नमूना परीक्षण गर्दा ३९१ जनामा संक्रमण पुष्टि भएको हो। 
एकैदिन ३९१ जनामा कोरोना संक्रमण, ४६ जना संक्रमणमुक्त

काठमाडौं, साउन ४ : मुलुकभर गत चौबिस घन्टाको अवधिमा ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९८१ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। 

पछिल्लो २४ घन्टामा २५६२ नमूनाको पीसीआर र १४१९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको  थियो। जसमध्ये पीसीआरबाट ३४० र एन्टिजेनबाट ५१ जना गरी कूल ३९१ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा  ४६ जना कोरोनामुक्त भएका छन् । बुधबारसम्म कोरोनाको सक्रिया संक्रमितको संख्या २ हजार २७६ पुगेको छ। 

प्रकाशित मिति: १७:२५ बजे, बुधबार, साउन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्