गभर्नरको राजीनामा माग्दै राष्ट्र बैंक अगाडि प्रदर्शन (तस्बिरहरु)
काठमाडौं, साउन ४ : सत्तानिकट संयुक्त बिद्यार्थी संगठनहरुले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा कालो व्यानर टाँसेका छन्। राजनीतिक दलको सदस्य भएका व्यक्ति राज्यको...
काठमाडौं, साउन ४ : सत्तानिकट संयुक्त बिद्यार्थी संगठनहरुले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा कालो व्यानर टाँसेका छन्।
राजनीतिक दलको सदस्य भएका व्यक्ति राज्यको महत्वपूर्ण पदमा बस्न नहुने भन्दै उनीहरुले विरोध प्रदर्शन सहित बालुवाटारमा कालो व्यानर टाँसेका हुन् । उनीहरुले गभर्नर अधिकारीले राजीनामा नदिएसम्म आन्दोलन जारी राखेका बताएका छन् ।

नेकपा एकीकृत समाजवादी निटक अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले अधिकारी राष्ट्र बैंकमा रहेसम्म मुलुकको आर्थिक सूचकांक बिग्रने दावी गरे। उहाले अहिलेको सरकारलाई असफल बनाउने नेतृत्व अधिकारीले गरेको भन्दै राजीनामा दिन सुझाव दिए।

उनले गभर्नरले राजीनामा नदिए संयुक्त बिद्यार्थीको आन्दोलनबाट हटाउने चेतावनी दिए।


प्रकाशित मिति: १६:२३ बजे, बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











